२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ गर्दै हुनुहुन्छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण सुरु गर्न प्रधानमन्त्रीले संयुक्त रुपमा शुभारमभ गर्न लागेका हुन् । यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तरगत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।
प्रधानमन्त्री ओलीले गत फागुनमा पनि मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको धरानदेखि झापाको बाहुनडाँगी खण्डमा निर्माण हुने ३१ वटा पुलको एकैपटक शिलान्यास गरिसक्नु भएको छ ।
नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले जनाएको छ ।