२१ चैत, काठमाडौं। जनता समाजावदी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रतिपक्षको धर्म निभाउने संकेत गरेको भन्दै सराहना गरेका छन् ।
शुक्रबार राति बसेको काँग्रेसको केन्द्रीय समितीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न अग्रसर हुने निर्णय गरेपनि सामाजिक संजालमा डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन् ‘अन्तत: प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवस्यकता/प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !
प्रतिक्रिया दिनुहोस्