Logo

प्रधानमन्त्री ओलीको प्रश्न ‘प्रधानमन्त्री हुन नपाए प्रतिगमन भन्दिने ‘



Spread the love

२० चैत, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको परिभाषा नै नबुझेर प्रतिगमन बारे आफू विरुद्ध नेताहरुले गलत प्रचार गरिरहेको बताएका छन्। 

मेलम्ची आयोजनाको खानेपानी वितरणको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पानी वितरण नभएका क्षेत्रमा क्रमश वितरण हुने बताएका हुन् । ‘हामी सबै खुशी छौँ । उपभोक्ताहरूले खानेपानीको सुविधा क्रमशः प्राप्त गर्दै जानुहुनेछ,’ उनले भने, ‘ केही समयमा पूर्ण रुपमा प्राप्त गर्नेछन् ।’ 

आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको प्रस्ट पारे ।

ओलीले मेलम्ची आयोजनाको सपना ३० वर्षपछि पूरा भएको भन्दै खुसी व्यक्त गरे। अ‍ोलीले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सरकार विकासमा लागि परेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्