Logo

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त



Spread the love

२० चैत, काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्त गरेको हो। हुमागाईं हाल इमेज च्यानलका प्रमुख कार्यकारी अधिकृत हुन्। हुमागाईं नेपाल टेलिभिजन र जनता टेलिभजनका पूर्व महाप्रबन्धक समेत हुन्। 

अध्यक्षका लागि तीन जनाको आवेदन परेको थियो । जसमा हुमागाईंसँगै लेखनाथ शर्मा (पंगेनी) र रमेशकुमार खड्का थिए ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फागुन २० गते मात्रै सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्