Logo

ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु, ७२ जना घाइते



Spread the love

२० चैत, एजेन्सी । ताइवानमा भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७२ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

अन्तराष्ट्रिय समाचार अमरउजाला अनुसार घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । रेल एक सुरुंग मार्गमा दुर्घटनाग्रस्त भएकोले उद्धारमा कठिनाइ भएको उल्लेख गरिएको छ । 

ताइवानमा पछिल्लो ४० बर्षमा भएको अहिलेसम्मकै भयानक रेल दुर्घटनाको रुपमा यसलाई लिइएको छ । समाचार एजेन्सीहरुले रेलमा करिब ३५० जना स्वर रहेको उल्लेख गरेका छन् ।  रेलमा यात्रा गरिरहेका सयजनालाई सकुशल उद्धार गरिएको छ भने अहिलेपनि उद्धार कार्य जारी रहेको बताइएको छ । रोकी राखेको ट्रक चिप्लेर रेलमार्गमा आएपछि रेल ट्रकसँग ठोकिदा दुर्घटना भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । 

पूर्वी ताइवानको पहाडी इलाकामा भएको दुर्घटनास्थल ताइवानको चर्चित पर्यटकीय स्थल समेत हो ।

यसअघि ताइवानमा सन २०१८ मा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने सन १९८१ मा भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्