Logo

सचिन तेन्दुलकर अस्पताल भर्ना



Spread the love

२० चैत, एजेन्सी । काेराेना संक्रमणसँग जुझिरहेका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकरलाई अस्पताल भर्ना गरिएको छ।

तेन्दुलकरलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। यसका बारेमा उनले आफ्नो सामाजिक संजाल ट्वीटर ह्याण्डलबाट जानकारी दिएका छन्।

उनले लेखे, ‘कडा सावधानीको रुपमा र चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमा नै घर फिर्ता हुने आशा गर्छु । तपाईंहरु सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस् ।’

यसैगरी, आजैकै दिन सन् २०११ मा अप्रिल २ मा, भारतीय क्रिकेट टीमले विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जितेकोमा सबैमा बधाई दिएका छन्। सचिनलाई केहि दिन मात्र कोरोना संक्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्