Logo

आज मेगा स्टार अनमोल केसीको जन्मदिन, भिनेता भुवन लेख्छन् ‘तिम्रो सबै सपना र चाहनाहरु पुरा हुन्’



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायक हुन् अनमोल के.सी २६ बर्ष पुरा गरेर २७ बर्षमा टेकेका हुन् ।

अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीको सन्तानको रुपमा उनको २०५० साल चैत १७ जन्म भएको थियो । पढाइमा खासै रुचि नभएका अनमोललाई अभिनय सँगै गायनमा रुचि रहेको छ । विद्यार्थी जीवनमा उनको आफ्नै ब्यान्ड समेत थियो । त्यसै मार्फत उनी सङ्गीतको अभ्यास र प्रस्तुति गर्थे ।

सन् २०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोलका ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ रिलिज भएका छन् । यीमध्ये धेरै फिल्म सफल र केही व्यवसायिक असफल पनि छन् ।

आज जन्मदिनमा खास कार्यक्रम केही पनि नभएको बताउने अनमोल परिवारसँग नै सेलिव्रेशन गर्ने बताउँछन् । अनमोलले जन्मदिनको अवसरमा मन्दिरमा पुगेर पूजा गरेको बताए । आजबाट चलचित्र ‘ए मेरो हजुर ४’को बाँकी छायांकन सुरु हुने सेड्यूल भएपनि मौसमका कारण शुक्रबार सरेको केसीले बताए । 

भुवन केसीले फेसबुकमा एउटा सुन्दर स्टाटस लेखेका छन् : बुवा र छोराको आकर्षक तस्बिरसहित अभिनेता भुवन केसीले –‘प्यारो छोरा, तिमी जति नै ठूलो भए पनि तिम हाम्रो लागि सधैं प्यारो र प्रिय सानो बाबु नै रहने छौं । तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना । तिम्रो सबै सपना र चाहनाहरु पुरा हुन् ।’

 त्यसपछि उनले फिल्म ‘पारस’ अभिनय गर्ने चर्चा छ । उनी सार्वजनिक स्थानमा सितिमिति नदेखिने अभिनेता पनि हुन् ।  सल्लेरी खबरको तर्फबाट उनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्