Logo

माधव समूहकाे स्थायी कमिटी बैठक आज बस्दै



Spread the love

१७ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि त्यस विषयमा छलफल गर्न बैठक बाेलाइएकाे एक नेताले बताए । 

उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन् । नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको हो ।’

बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।

प्रतिक्रिया दिनुहोस्