Logo

पुनरवलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च जाँदै



Spread the love

१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फैसलाको पुनरवलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने भएका छन् ।

कानुन व्यवसायीसमेत रहेका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले मंगलबार बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर अदालत जाने जानकारी दिए ।

फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। 

प्रतिक्रिया दिनुहोस्