Logo

बंगलादेशलाई हराउँदै नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि



Spread the love

१६ चैत, काठमाडौँ । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको हो ।

नेपालका लागि संजोक राईलले खेलको १८ मिनेटमा गोल गरि नेपाललाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले गोल गर्दै बंगलादेशका लागि एको गोल फर्काएका थिए । तर, उक्त गोल सान्त्वनामा मात्रै सिमित भयो ।

थ्री नेसन्स कपको फाइनल खेलसँगै विराज महर्जनले राष्ट्रिय टोलीबाट सन्यास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्