१६ चैत, काठमाडौँ। पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ५८ जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार सोमबार काठमाडौँका ५०, ललितपुरका ७ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ९८० पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ६१२ पुगेको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।
हाल देशभर १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्