Logo

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित



Spread the love

१६ चैत काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेको छ ।

नेपाल र एमाले उपाध्यक्ष रावललाई सदस्यताबाट निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।

“यस्तै गतिविधिहरु कायम रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ,” नेता नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।

यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निष्कासन गर्नुभएको हो ।  

प्रतिक्रिया दिनुहोस्