Logo

कांग्रेस पूर्वसांसद भण्डारीको निधन



Spread the love

१६ चैत, काठमाडौं । संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधन भएको छ।

दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सांसद बनेकी भण्डारीको ७१ वर्षको उमेरमा सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

 धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका निवासी स्वर्गीय भण्डारी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

भण्डारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। संविधान सभा सदस्य लक्ष्मीदेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको भूमिकाको स्मरण गर्दै सभापति देउवाले उनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्