Logo

बलिउड चर्चित अभिनेत्री कंगनालाई जमानत



Spread the love

१६ चैत, एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई मुम्बईको अन्धेरी अदालतले जमानत दिएको छ । उनले गीतकार जावेद अख्तरद्वारा दर्ता गरेको मानहानि मुद्वामा जमानत पाएकी हुन् ।

अभिनेत्री रनौतलाई गएको बुधबार जमानतमा बेल दिइएको हो । यसअघि, कंगनाले अदालतमा हाजिर भएर आफूविरुद्धको जमानत वारेन्ट रद्द गर्न माग गरेकी थिइन् ।

जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । उजुरीमा कंगनाले समाचार च्यानलहरुमा आफूविरुद्ध गलत बयान दिँदै बदनाम गर्न खोजेको उल्लेख थियो । नवभारत टाइम्सबाट ।

प्रतिक्रिया दिनुहोस्