Logo

बालुवाटार जग्गा प्रकरणमा बाबुराम र माधवविरुद्ध आज सर्वोच्चमा सुनुवाइ



Spread the love

१६ चैत, काठमाडौँ। बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

पूर्वप्रधानमन्त्री नेपालसहितका केही व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले उनीहरुविरुद्ध पनि मुद्दा चलाउनु पर्ने माग गर्दै दायर रिटको सोमबार सुनुवाइ हुन लागेको हो । 

यो निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यी दुई पूर्व प्रधानमन्त्रीविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अख्तिययार दुरुपयोग अनुसन्धान आयोग र महान्यायधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा मुद्दा हालेका थिए । पटक पटक सुनुवाइ हुन नसकेको यो अग्राधिकारप्राप्त रिट आज फेरि पेशी चढेको हो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको ७ नम्बर इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा परेको छ ।

२०७६ माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौती दिँदै पूर्व-प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्व पनि मुद्दा चलाउन माग गर्दै उनले दायर गरेको रिटमाथिको सुनुवाइ भने विभिन्न कारणले स्थगित हुँदै आएको थियो।

यसअघि गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्