१६ चैत, वीरगंज । तीन हप्ताअघि कोरोना बिरुद्दको खोप लगाएको ६० वर्षीय वृद्धलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोना विरुद्धको खोप लगाएका पर्सा वीरगंज –२५ श्रीसियाका ६० वर्षीय वृद्ध संक्रमति भएका हुन्। शनिवार स्वाब परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको हो। ती वृद्धको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।
उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार वीरगंज, विर्तास्थित एडभान्स हस्पिटल प्रालिमा भर्ना गरिएको थियो। अहिले उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ। ती वृद्धले गाउँकै स्वास्थ्य चौकीमा तीन हप्ताअघि कोभिशिल्डाको पहिलो डोज लिएका थिए।
प्रतिक्रिया दिनुहोस्