Logo

सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश



Spread the love

१६ चैत, काठमाडौं । स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा.सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी भएको छ ।

पृथकतावाद छोडेर जनमत पार्टी गठन गरेका डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।

सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो। गोरखापत्रमा प्रकाशित सूचनाअनुसार उनलाई ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतलमा हाजिर हुन भनिएको छ । तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ । उनीविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्दा छ ।

प्रतिक्रिया दिनुहोस्