१५ चैत, काठमाडौँ। २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ६५जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५२, ललितपुरका ७ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।
हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्