Logo

मेलम्चीको पानी धारा-धारामा छाडियो



Spread the love

१५ चैत, काठमाडौं। काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरू भएको छ ।  आइतवार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण शुरू गरिएको हो ।

अहिले चावहिल, महाङ्काल क्षेत्रमा वितरण सुरु गरेको पनि उहाँले बताउनुभयो । आइतवार बेलुकासम्म काठमाण्डाैकाे मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ ।

 पहिलो चरणमा मेलम्चीकाे पानी चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिका चरणमा महाराजगञ्ज, पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।

खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ । आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्