Logo

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता



Spread the love

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार पुगेका थिए । भेटमा संसद् सञ्चालनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुखले सर्वदलीय बैठक बोलाउनेबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बताइएको छ । सभामुखले वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

पुस ५ गते तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सभामुख सापकोटाको भूमिकालाई लिएर ओलीले असन्तुष्टि जनाएका थिए ।  यस्तै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्