Logo

थ्री नेसन्स कप : फाइनलमा नेपाल र बंगलादेश भिड्ने



Spread the love

१४ चैत, काठमाडाैँ । थ्री नेसन्स कप २०२१ अन्तर्गत शनिबार भएको नेपाल र बंगलादेश विरूद्धको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरू भएको खेल गोल रहित बराबरीमा सकिएको हो ।

खेलका दाैरान अधिकतम समय बल आफ्नो नियन्त्रणमा राखेको नेपालको फिनिसिङमा समस्या प्रष्ट रूपमा देखियो । खेलमा बनाएका सुन्दर अवसरमा गोल गर्न चुकेपछि नेपाल अंक बाड्न बाध्य भयो ।

नेपालका लागि कप्तान तथा गोल किपर किरण लिम्बु, डिफेन्डर रोहित चन्द, विंगल त्रीदेव राइ लगायतले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

शनिबारको बराबरीसँगै नेपाल यो प्रतियोगिताको फाइनलमा पुगेको छ । यसअघि किर्गिस्तानसँग पनि बराबरी खेलेको नेपालले समग्रमा २ अंक बनाउँदै पाइनलमा बनायो ।

त्यस्तै, बंगलादेश भने ४ अंकका साथ फाइनलमा पुग्न सफल भयो । किर्गिस्तानसँगको खेलमा बंगलादेशले अात्मघाती गोल उपहार पाउँदै तीन अंक बटुलेको थियो ।

यो प्रतियोगिताको फाइनल खेल नेपाल र बंगलादेशबीच सोमबार दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्