Logo

‘समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैपटक’- प्रचण्ड



Spread the love

१४ चैत, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपाली राजनीतिमा दिउँसै रात पार्ने काम भएको बताएका छन् ।

प्रचण्डले जस्तोसुकै राजनीतिक परिस्थिति आएपनि सरकारलाई दिएको समर्थन छिट्टै फिर्ता लिने घोषणा गरेका छन् । शनिवार प्रज्ञाप्रतिष्ठान डबलीमा नागरिक समाजले आयोजना गरेको नागरिकका प्रश्न र दलहरूको उत्तर विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

नेपाली राजनीतिमा दिउसै रात पर्न खोजिएको बताउँदै प्रचण्डले भने, ‘फागुन २३ गते संसदबाट ओलीलाई हाटाउ संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो। सबैभन्दा बढि म माथि प्रहार भइरहेको छ। म माथि अन्याय भएको छ। मलाइ तपाइले न्याय दिनुस्। कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ। दुई चार दिन संसदमा प्रयास गर्ने हो। नभए सडकमा आउँछु।

प्रतिक्रिया दिनुहोस्