१४ चैत, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्विट मार्फत् इमान्दार एवं स्वच्छ छवि भएका कांग्रेस नेता जोशीको निधनप्रति दुःख व्यक्त गरेकी हुन् । उनको निधनबाट मुुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको पनि ट्विटमा उल्लेख गरिएको छ ।
जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। शुक्रबार साँझ करिब ८: ३० मा सोही अस्पतालमा उनको उपचारकै क्रममा निधन भएको हो।
प्रतिक्रिया दिनुहोस्