Logo

रेशम चौधरी भेट्न कारागार पुगे महेश



Spread the love

काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले कारागार पुगेर निलम्बनमा रहेका सांसद रेशम चौधरीलाई भेटका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

जसपाले पनि सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई शर्तका रुपमा अघि सारेको छ । यसबारे एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको कार्यदलले सम्वाद गरिरहेको छ ।

रेशम चौधरीलाई कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा ९ जनाको ज्यान जाने गरी ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा अदालतले दोषी ठहर गरी  जन्मकैदको सजाय सुनाएको छ । उक्त घटनासम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालतले केही उल्टी गरेपनि रेशमको जन्मकैदलाई भने सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्