१३ चैत, काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले संसदीय दलको बैठकमा सहभागी भएको छ । बैठकमा नेता नेपाल र भीम रावलबाहेक सबै सांसद उपस्थित हुनेछन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ३ बजे संसदीयद दलको बैठक बालुवाटारमा बोलाएका छन् ।
नेपाल पक्षका केन्द्रीय सदस्यको शुक्रबार दिउँसो बसेको बैठकले यस्तो निर्णय गरेको छ भने बैठकपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै नेता रघुजी पन्तले संसदीय दलको बैठकमा उपस्थित हुने निर्णय बैठकमा भएको जानकारी दिएका हुन् ।
यसअघि कलंकीमा बसेको आफू समूहका केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्