Logo

नायक सरोज र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर



Spread the love

काठमाडौं । नायक सरोज खनाल र निर्देशक तथा कलाकर दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ ।

दुबैको फेसबुक ह्याक भएको भन्दै प्रहरीसामु पुगेका छन् । फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि उनीहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् । 

सरोज खनाल बनेर ८० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म पैसा मागेको पाइएको छ,” । साथै मसँग कुरा भइरहने साथीहरुसँग ह्याकरले पैसा मागिरहेको छ । “सञ्जय शाहको बैंक अकाउन्ट दिएर पैसा मागिएको छ । उसले गायक सञ्ज श्रेष्ठलगायत मसँग कुरा भइरहनेसँग पैसा मागेको छ ।”

फेसबुक अकाउन्ट ह्याक भएकाे जानकारी दिँदै निरौला भनिन, ‘मलाई सुरुमा कलाकार सरोज खनालको नामबाट बहिनी कता छौ ? एउटा कुरा गर्नुछ भनेर म्यासेज आयो । त्यसपछि मलाई मोबाइलमा आएको कोड पठाउन भनियाे । मैले उक्त कोड पठाएँ । त्यसको एकछिनपछि मेरो फेसबुक अकाउन्ट ह्याक भइसकेको रहेछ ।’

‘मेरो फेसबुक ह्याक गरी सुमन गिरी (भान्जा) लाई एक लाख रुपैयाँ उपलब्ध गराउन आग्रह गरिएको रहेछ,’ निरौलाले भनिन्, ‘उसले भान्जालाई मेरो भाइ बिरामी भएकाले पैसा दिन आग्रह गरेको थियाे ।’

दुवैको फेसबुक अकाउन्ट ह्याक भएको थाहा भयो । अहिले यसैको उजुरी दिन म साइबर ब्युरोमा आइपुगेकी छु ।’

प्रतिक्रिया दिनुहोस्