Logo

दुर्गाप्रसादले पाए नेपाली नागरिकता



Spread the love

१२ चैत, काठमाडौँ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

बिहीबार माई नगरपालिका वडा नम्बर १० को सिफारिस पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता प्रमाणपत्र प्रदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।

उनलाई वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन्।

दुर्गाप्रसाद भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकता उच्च अदालतको आदेश बमोजिम छुटेर आइतबार नेपाल फर्किएका हुन् ।

अदालतको आदेशपछि गत शनिबार दुर्गाप्रसाद कोलकातास्थित दमदम जेलबाट छुटेका थिए। तिम्सिनाले दार्जिलिङमा ‘लडाईं’ हुँदा एक महिलाको ज्यान मारेको मुद्दामा पक्राउ परेको थिए। उनलाई दार्जिलिङबाट पक्राउ गरि विभिन्न कारागार हुँदै कोलकाता पुर्‍याइएको थियो। उनले आफू निर्दोष भएको बताएका छन्। लामो अवधि जेलमा शारीरिक र मानसिक यातनाका कारण उनको स्वास्थ्य अवस्था नाजुक छ। 

प्रतिक्रिया दिनुहोस्