१२ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली सरकारलाई विदागर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको जनाएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने भएको बताएका हुन ।
डा. भट्टराई प्रधानमन्त्री ओलीको गलत कदम विरुद्ध शुरुवातदेखि नै टिप्पणी गर्दै आइरहेका छन् । उनले ओली प्रविद्धिको अन्त्य नहुन्जेल मुलुकले निकास नपाउने बताउँदै आएका छन् ।
उनले भनेकाछन् – ”बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो । अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !”