१२ चैत, काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरण बुझाउने तयारी गरेका छन्।
चैत ७ गते ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गर्दै सोमबार स्पष्किरणको पत्र पठाएको थियो ।
चारजना नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीको भनाइ छ।
अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ केही दिनभित्रै दिने तयारी भएको पन्तको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्