Logo

अर्नाको आक्रमणबाट महिला गम्भीर घाइते



Spread the love

११ चैत, वीरगञ्ज । पर्सामा अर्नाको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा पटेर्वासुगौली-२ गादी चाफीकी ६० वर्षीया तुलमाया आलेमगर गम्भीर घाइते भएकी हुन् ।

बुधबार बिहान गाउँकै छेउको जंगलमा घाँस काट्न गएको अवस्थामा अर्नाले आक्रमण गरेको हो । ‘सोही क्रममा तुलमायालाई अर्नाले आक्रमण गरेछ । एम्बुलेन्समा राखेर उपचारका लागि वीरगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्