Logo

होटलको पाँचौँ तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या



Spread the love

११ चैत, जनकपुरधाम । जनकपुरधाममा होटलबाट एक महिला हाम फालेर आत्महत्या गरेकी छिन् ।

मंगलबार रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको तत्कालीन बिम गाविसकी ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो । 

म्याग्दीको तत्कालीन बिम गाविस ८ घर भएकी श्रीपालीले होटलको पाँचौँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन् ।

श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउन्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट फर्केको प्रहरी समक्ष बताएका छन् । घटनाको प्रकृति हेर्दा घटना शंकास्पद देखिएकाले प्रहरी विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्