Logo

२४ घण्टा यता काठमाडौँ उपत्यकामा कति थपिए कोरोना संक्रमित ?



Spread the love

१० चैत, काठमाडौँ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।

हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्