दाङ । गत हप्ता कोरोना विरुद्धको खोप लगायका वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले गएको फागुन २६ गते कोरोनाविरुद्धको खोपसमेत लगाएका थिए ।
दाङको घोराही उपमहानगरपालिका–३ का वडाध्यक्ष माधवप्रसाद चौधरीलाई कोरोना पुष्टि भएसंगै वडा कार्यालय बन्द गरिएको छ ।
चौधरीलाई ज्वरो आउने, घाँटी दुख्ने र पखाला लागेपछि वडाध्यक्ष दम्पतीले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गराएका थिए ।
वडाध्यक्ष चौधरीलाई भैरहवास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको छ भने उनकी श्रीमती घरमै आइसोलेसनमा रहेको सहरी स्वास्थ्य केन्द्र झिङ्नीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्