Logo

प्रधानमन्त्रीसँग वार्ताका लागि जसपा नेताहरु बालुवाटारमा



Spread the love

१० चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन्।

जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका मागहरू नयाँ सत्ता समीकरणका शर्तका रुपमा अघि सारेको छ ।  

‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्यबारे जानकारी गराएको छ’ जसपा नेता महतोले भने, ‘प्रगति सकारात्मक छ ।’

यस बारे सरकारको आधिकारिक धारणा लिन नेताहरू आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । यस अघि पनि जसपा नेताहरु र प्रधानमन्त्रीबीच भेटवार्ता भइसकेको छ ।

त्यस्तै नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने कांग्रेसले अडान राखेको छ भने पहिला कांग्रेस र माओवादी प्रस्ट हुनुपर्ने जसपाको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्