Logo

अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु



Spread the love

एजेन्सी । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ। 

बोउल्डरमा रहेको किङ्ग सूपर ग्रोसरी स्टोरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो । प्रहरीले ज्यान गुमाउनेको संख्या सार्वजनिक नगरे पनि उक्त घटनामा एक प्रहरी अधिकारीकोसमेत मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनास्थल डेन्वरबाट ४५ किलोमिटर उत्तर पश्चिममा पर्छ ।

प्रतिक्रिया दिनुहोस्