९ चैत्, काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले एमालेका चार नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाएका छन् ।
चैत ७ गतेको नेकपा एमालेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व उपाध्यक्ष भीम रावल, पूर्व उपमहासचिव घनश्याम भुषाललाई पार्टी अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा नेपाल पक्षधर कोही पनि केन्द्रीय सदस्यहरु उपस्थित् थिएनन् । नेताहरु स्वयमले आफूहरुलाई स्पष्टीकरण सोधिनु हाँस्यस्पद रहेको प्रतिक्रिया दिएका छन् ।
स्पष्टीकरण सोध्ने ओलीपक्षलाई प्रतिवाद गर्दै नेता भट्टराईले ट्विटरमा लेखेका छन्,‘सोध्नेहरु (ओली पक्ष) स्वयं लाखौं प्रश्नको घेरामा छन्।’
प्रतिक्रिया दिनुहोस्