Logo

नेपालसहित चार नेतालाई तीन दिनभित्र जबाफ दिन निर्देशनसहित स्पष्टीकरण



Spread the love

९ चैत, काठमाडौँ। नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको छ ।

नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएको एमालेका पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए । चारै जना नेताहरुलाई तीन दिनभित्र स्पष्टीकरण दिन पनि भनिएको रिजालको भनाइ छ । 

एमाले ओली र नेपाल–खनाल समूहमा विभाजित भएको छ । दुवै पक्षले एकअर्कालाई पार्टी हित विपरीत कार्य गरेको आरोप लगाउँदै आएका छन् ।

पार्टी अनुशासन विपरित, विधान विपरित काम गरेकोले पत्र स्पष्टीकरण सोधिएको एमालेले बताएको छ ।  

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्