८ चैत, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।
राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी रहने छन् । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् ।
त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारिकको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भण्डारीको भ्रमण दलमा एक सांस्कृतिक टोली पनि रहने छ । जसले ढाकामा जन्म शताब्दी समारोह कार्यक्रमको दौरान सांस्कृतिक प्रदर्शन देखाउँनेछ ।