७ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा ३ वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूले गरेको बताएका छन् ।
एमाले खनाल-खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिला लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताएका हुन् । पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेलालगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरी विचारलाई सफा बनाउने काम भइरहेको उनले स्पष्ट पारे ।
उनले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वोच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गरे ।
यस्तै उहाँले पार्टी एकीकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वाेच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी पनि गर्नुभयो । फैसला गलत भए पनि सर्वोच्च अदालतको फैसला भएकाले असहमती भएर पनि मान्दैनौ भन्न नमिल्ने अवस्था भएकाे उहाँकाे भनाइ छ ।