Logo

माधब पक्ष छोडेर किन गए कृष्णभक्त ओली तिर ?



Spread the love

७ चैत, काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए । 

“माधव नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने मध्येका एक पोखरेल यसअघि माधव नेपाल समूहमा खुलेर लागेका थिए । पोखरेल लगायत केही सांसद बिहीवार पनि संसदीय दलको बैठकमा सहभागी हुन खोजेका थिए । 

प्रतिक्रिया दिनुहोस्