७ चैत, काठमाडौं । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार कोरोनाका करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।
‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पुनः गम्भीर अवस्थाबाट गुज्रन नपरोस् भनेर लकडाउन लागू गरेको हुँ। सबैले कोरोना संक्रमणबाट बच्च अनिवार्य मास्क लगाइदिनुहाेला र सामाजिक दूरी कायम गर्दिनुहाेला,’ उनले भनेका छन्।
उनकाअनुसार लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ।
यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्। ‘असिना र वर्षाका कारण बालीनालीमा पुगेको क्षतिको किसानहरूले चिन्ता नलिनु । सर्वेक्षणको लागि निर्देशन दिइएको छ। सर्वेक्षण छिट्टै सुरु हुनेछ र क्षतिपूर्ति दिइनेछ,’ उनले भने।