Logo

अमरिकामा अर्का नेपाली ट्याक्सी चालकमाथि कुटपिट, चालक अस्पताल भर्ना



Spread the love

६ चैत, एजेन्सी । अमेरिकामा अर्का एक जना नेपाली ट्याक्सी चालकमाथि यात्रुहरूले हातपात गरेको छन् ।

नेपाली मुलका उबर चालक सुभाकर खड्कामाथि हातपात भएको केही हप्ता नबित्दै अर्का ट्याक्सी चालक दुर्व्यवहारमा परेको थिडियो सार्वजनिक भएको हो । उक्त भिडियोमा ट्याक्सीमा चढेका यात्रुहरूले लिफ्ट चालक आशीष सापकोटामाथि कुटपिट गरेको प्रष्ट देखिन्छ । ट्याक्सीमा चढेका २ जनामध्ये एकले सापकोटाको मोबाइल मागेका थिए ।

उनले मोबाइल नदिएपछि उनीमाथि जबरजस्ती ती यात्रु जाइलागेका थिए । बिहीबार दुर्व्यवहारमा पर्न सापकोटा बागलुङका हुन् । यात्रुहरूले हातपात गर्न थालेपछि उनले प्रहरीलाई फोन गरेर यसबारे जानकारी गराएका थिए ।

आशीष सापकोटा राइडिङ सेयर कम्पनी लिफ्टका ट्याक्सी चालक हुन् । सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्