काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । खरेलले महान्यायाधिवक्ता पदबाट आइतबार राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।
आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बतायो । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने बताएका थिए । उनको यो राजीनामासँगै अदालतको फैसलाको पूर्वाअनुमान गर्न सकिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ९ गते मंगलबार खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। महान्यायाधिवक्तामा नियुक्त खरेल एमाले केन्द्रीय सदस्य हुन् ।