६ चैत, काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय अखिल नेपाल महिला संघको आज राष्ट्रिय भेला हुँदै छ।
एमाले नेपाल-खनाल पक्षले शुक्रवार (आज) को लागि महिला संघको राष्ट्रिय भेला बोलाएको हो ।बिहान ११ बजे कालीमाटी ब्यांक्वेटमा शुरु हुन लागेको भेलालाई वरिष्ठ नेताद्वय नेपाल र खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै बिहीबार सकिएको माधव-झलनाथ पक्षको राष्ट्रिय कार्यकता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेकाे छ। सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्ववत् रूपमा फर्किएपछि पार्टीभित्र विवाद चुलिँदो छ।
उता प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते भेला बोलाई विभिन्न ठाउँमा मनोनयन गरेको छ । आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको महिला भेला भएको थियो ।