५ चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्ताव पार्टीमा नआएको बताएका छन् ।
जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले ‘प्रतिगमनकारी ओली’सँग सहकार्य गर्नै नसकिने स्पष्ट पारे।
उनले संसद विघटन गर्ने ओलीको कदम प्रतिगामी भनेर भनिसकेका कारण उनीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताएका हुन्।
उनले अघि भने, ‘हुँदैन भन्ने विगतमा प्रमाणित भइसकेपछि मरिहत्ते गरेर के प्राप्त हुन्छ ? यो मधेस आन्दोलनका लागि धोका हुन्छ ।’ ओलीसँग सहकार्य गर्नु लोकतन्त्रलाई धरापमा पार्नु र संघीयतालाई समाप्त पार्नु भएको समेत यादवले बताए ।
ओलीसँग दीर्घकालीन सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले टिप्पणी गरे। उनका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु हो, संघीयतलाई खारेज गर्न सहयोग गर्नु हो। ‘