Logo

एमालेले बोलायो संसदीय दलको बैठक, माधवसमूह नजाने



Spread the love

४ चैत, काठमाडौं। नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

स‌सदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी उक्त पक्षको कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताए । आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने जनाइएको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ। ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा सहभागी नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्