Logo

यो गुट होइन, पीडितहरु एक ठाउँमा भेला भएका हौँ– माधव नेपाल



Spread the love

४ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।  

सानेपामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मदन भण्डारी फाउण्डेसनबाट ओलीले गुटलाई बढावा दिइरहेको आरोप लगाए।

उनले ओलीलाई गुटबन्दी गर्ने नेता भएको पनि आरोप लगाए। “गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा छौं र सबैको पीडा र वेदना एउटै छ, त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म”, नेता नेपालले बताए।

नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताउँदै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए ।

एकीकृत नेकपा विभाजन हुनु, नेकपा एमाले नै आन्तरिक रुपमा यस्तो अवस्था आउनुको एक मात्र जिम्मेवार अध्यक्ष ओली रहेको उनले दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्