Logo

फागुन २८ गतेको निर्णय फिर्ता गर्न ओलीले मान्नुभएन: भीम रावल



Spread the love

२ चैत, काठमाडौं । नेकपा एमालेको दुई पक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भएको वार्ता २८ फागुनको निर्णयमा अड्किएको छ ।

 पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीमा देखिएका समस्याका विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएकाे उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

२८ गते बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय मान्दैनौं। त्यसमा हामी सहभागी पनि थिएनौं। बहुमत सदस्य पनि थिएनन् बैठकमा। यही कुरा हामीले आज राख्यौं। तर, यो कुरा मान्छु भनेर प्रधानमन्त्रीले भन्नुभएन। त्यसैले कुरा मिलेन। फेरि छलफल गर्ने भनेको छ तर कहिले गर्ने टुंगो छैन,’ रावलले भने।

सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एमाले ब्युँताइदिएको थियो। आफूहरू पार्टी एकताकै पक्षमा रहेको रावलले बताए।

प्रतिक्रिया दिनुहोस्