Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु



Spread the love

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठकमा संगठनात्मक संरचनाका लागि विधान परिवर्तन, एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका २३ नेतामाथिको कारबाही लगायत नयाँ सत्ता समीकरणका विषयमा केन्द्रीय सदस्य बलावति शर्माले बताइन् ।

पार्टीमा फर्किन निर्देशन दिए पनि शनिवारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो। माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

बैठकमा पार्टीको संगठन, राष्ट्रिय कार्यकर्ता भेला, पार्टीको नाम र कम्युनिस्ट आन्दोलनको एकताबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्