Logo

धुम्बाराहीमा ओली-नेपाल वार्ता सुरु



Spread the love

२ चैत्, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भइरहेको छ।

 वरिष्ठ नेता माधवकुमार नेपाल पुगेको करिब २० मिनेटपछि प्रधानमन्त्री पनि धुम्बाराही पुगेका हुन्। विभाजनतर्फ गएको एमालेको संकट टार्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले वार्ता हुँदैछ।

माओवादीसँगको एकतालाई सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओली र माधव नेपाल समूह पहिलोपटक छलफलमा जुटेको हो। नेपाल समूहबाट नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट छलफलमा छन् भने ओलीका तर्फबाट उप-प्रधानमन्त्री ईश्वर पोखरल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु पौडेल धुम्बारहीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्